• २०८३ जेष्ठ २० गते बुधवार

मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, मोरङ। हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस