पौष २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकार्काबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ ।
