• २०८३ बैशाख १५ गते मङ्गलवार

मुलुक तस्करहरुको हातमा पुग्यो: महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २४, काभ्रे। नेकपा एमाले धुलिखेल नगर कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । सत्ता गठबन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरुको हातमा पुगेको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

‘एमाले नेतृत्वमा सरकार हुँदा नेपालको अर्थतन्त्रको वृद्धिदर विश्वका औ स्थानमा पुगेको थियो’–एमाले महासचिव शंकर पोखरेलले भने–‘अहिले मुलुक तस्करहरुको हातमा मात्रै पुगेको छ, दक्षिण एशियामै गरिव मुलुकका रुपमा चिनिएको छ ।’ मुलुकको रकम अबैधानिक क्षेत्रमा लगानी भएकाले आर्थिक तरलता बढिरहेको बताउँदै महासचिव शंकर पोखरेलले अहिलेको अराजकता र मुलुकको संकट टार्ने क्षमता नेकपा एमाले बाहेक अरुसँग नभएको बताए ।

‘एमाले देशको पपुलर पार्टी हो तर सरकारमा छैन’–एमाले महासचिव पोखरेलले भने–‘मुलुक निर्माणका लागि बलियो शक्ति निर्माण गर्नुको विकल्प छैन । राज्य सफल हुन सकेन भने जनताको समृद्धी असम्भव छ ।’ सामाजिक सञ्जालमा पपुलिष्ट हुँदैमा मुलुकको विकास सम्भव नभएको बताउँदै एमाले महासचिव पोखरेलले गठबन्धन दल र सरकारले सिर्जना गरेको अराजकताको असफलतामा एमाले संलग्न नरहेको बताए ।

शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक सञ्जाल प्रयोगको ब्यवस्थापनमा एमालेले केहि वर्ष अघि नै कानुन ल्याउन लागेको समयमा विरोध गरियो –एमाले महासचिव पोखरेलले भने–‘हिजो किन विरोध गरियो ? आज किन ल्याउन खोजियो ?’ एमाले मुलुकको समग्र विकासका लागि नवीनतम योजना तथा सोच र राष्ट्रियताका सवालमा एक कदम अघि रहेको महासचिव पोखरेलले बताए ।

‘मुलुक यो अवस्थामा कसरी पुग्यो ? यस्तो अवस्तामा राजनीतिक बहस छलफल किन हुन सक्दैन ?’–महासचिव पोखरेलले भने–‘एमाले मुलुक नेतृत्वको द्रस्टा हो ।’ यतिखेर एमालेलाई नयाँ शक्ति भनिनेहरुबाट तथा अन्य क्षेत्रबाट समेत प्रहार भएको बताउँदै महासचिव पोखरेलले त्यसको कारण के हो ? न एमाले सत्तामा छ ? न एमाले अहिले कुनै जिम्मेवारीमा छ ? तर पनि निरन्तर एमाले माथि प्रहार किन गरिदै छ ? त्यसका बारेमा पार्टीले गम्भिर समिक्षा गरेको छ । राष्ट्रमा राजनीतिक अस्थिरता र अराजकता दुईवटा मुख्य कारक रहेकाले त्यसको नियन्त्रणका लागि एमाले जनताको पपुलर पार्टी मात्रै नभई देश हाँक्ने जनमतका लागि तयारी गर्ने गरी लागिरहेको महासचिव पोखरेलले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस