कात्तिक २४, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार मेयर साहलाई पुनर्वहाली गरी यथावत रूपमा कामकाज गर्न दिन आदेश दिएको हो।

एमालेले कारबाही सिफारिस गरेपछि निर्वाचन आयोगले साह मेयरको पद नरहेको सूचना निकालेपछि उनी सर्वोच्च गएकी थिइन् ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । पतिले नयाँ पार्टी खोलेपछि रीनाले पनि नयाँ पार्टी रोजेको भन्दै एमालेले कारबाही गरेको थियो ।