• २०८३ असार ६ गते शनिवार

कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातकको भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५ गते, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ ।

त्रिविले एक सूचना जारी गर्दै शैक्षिक वर्षै २०८०/०८१ का लागि नयाँ विद्यार्थी भर्ना खुलाएको हो । त्रिविले भर्नाका लागि आवेदन फारम साउन २८ देखि भदौ मसान्तसम्म दिन सकिने जनाएको छ ।

प्रवेश परीक्षा भने डिनको कार्यालयले निर्धारण गरेपछि हुने भनिएको छ । यस्तै कक्षा सञ्चालन मंसिर ५ गतेदेखि हुने त्रिविले जनाएको छ ।

आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउन भनिएको छ । यद्यपि अहिलेसम्म कक्षा १२ नतिजा भने सार्वजनिक भइसकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस