• २०८३ बैशाख ७ गते सोमवार

भूकम्पपीडितलाई सहयोग गर्न राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन्। भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिले बताएको उनको सचिवालयले जानकारी दिएको छ।

जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पले जनधनको क्षति भएको थियो। राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस