साउन २४, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही केही ठाउँमा भारी वर्ष हुने जनाएको छ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

हाल देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने जनाएको साथै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशभर मौसम सामान्य बदली रहनेछ । राति गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने तथा कोशी, मधेश, बागमती प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ । पछिल्लो चौविस घण्टामा देशमा विभिन्न पूर्वी र तराईका धेरै स्थानहरुमा भारी वर्षा भएको छ । अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परि मानविय र पूवार्धार क्षेत्रमा ठूलो भौतिक क्षति भएको हुनसक्ने अनुमान सरकारको छ ।
पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै पानी पोखरा र बारा परेको छ । पोखरामा १२० दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, बारामा ११६ दशमलव ८,जनकपुा ७४ दशमलव ८,विरेन्द्रनगरमा ७३ दशमलव १,काठमाडौंमा ६४ दशमलव १ मिलिमिटर वर्षा मापन भएको छ । देशैभरी पानी पर्ने क्रम नरोकिएकाले उच्च सर्तकर्ता अपनाउन महाशाखाको अनुरोध छ ।