जेठ २६, काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध बाल सैनिकको प्रयोग सम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफ्नो रिट दरपिठ भएपछि त्यस विरुद्ध सर्वोच्च पुगेका पूर्व बाल सैनिक लेनिन विष्टको मुद्दामा शुक्रबार न्यायाधीश डा.आनन्द मोहन भट्टराईको एक लइजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

माओवादी युद्धमा प्रयोग भएको बाल सैनिकअन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न मागगर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरे पछि विष्ट दरपीठ विरुद्ध सर्वोच्च पुगेका थिए ।विष्टले आफ्नो रिटमा तत्कालीन नेकपामा ओवादीको नेतृत्व कर्ताले बाल सैनिक प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका छन् । रिटमा उनले हालका प्रधानमन्त्री समेत रहेका तत्कालिन माओवादी सुप्रिमो प्रचण्ड सहितका शीर्ष नेतालाई विपक्षी बनाएका छन् ।