जेठ २६, काठमाडौं । नेकपामाओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्रीजनार्दन शर्माले अर्गानिकमलमा नेपालआत्मनिर्भर बन्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामाआर्थिक वर्ष २०८० /८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमानमाथिको छलछफलमा सहभागीहुँदै शर्माले रासायनिकमलकै गुणस्तरको मल नेपालमा नै उत्पादन गर्न सम्भव हुने बताए ।

उनले भने ‘ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मैले योमनीयामाआधारित मलउद्योग स्थापनाको योजना अगाडि बढाएको हुँ । हाम्रै पानीहाम्रै ढुङगा हाम्रै हावाबाट निर्माण भएको रासायनिकमलकै गुणस्तर जस्तै नाईट्रोजन,फोस्फोरस र पोटासियम समेत भएको अर्गानिकमलउत्पादन गर्न सम्भव छ । मैले सुने कहाँबाट पाईप ल्यायर मल कारखानाखोल्नु पर्छ त्यो आवश्यक छैन् । अर्गानिक नेपालआत्मानिर्भर नेपालबन्ने छ । आगामी बजेटको विषयमा छलफल भईरहँदा राजनीतिक घोचपेच भएको छ ।