• २०८३ बैशाख १० गते बिहिवार

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ : गृहमन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जबाफ दिएका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस