मंसिर २२, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जमा महेश चौलागाईं चयन भएका छन् । संघका महासचिव सुमन पुरीद्वारा जारि गरिएको सर्कुलरमा बाग्मती प्रदेशको इन्चार्जमा चौलागाईं चुनिएको हुन् ।
इन्चार्जमा चुनिएका सिन्धुपाल्चोकका चौलागाईं लामो समयदेखि विद्यार्थी एवम् युवा राजनीतिमा सक्रिय छन् । चौलागाईंले यसअघि संघको बागमती प्रदेश संयोजक, अन्तर जिल्ला विशेष प्रदेश संयोजकको भूमिका पनि कुशलापूर्वक निर्वाह गरिसकेका छन् ।
प्रदेशको सहइन्चार्जमा भने भक्तपुरका राजु लुम्बन्जार र रसुवाका सज्जन लामा चुनिएका छन् ।
