• २०८३ जेष्ठ ९ गते शनिवार

चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ । अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो ।

बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए । सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमती नदी लगायत धोबीखोला,विष्णुमती,मनोहरा, हनुमती लगायतका खोलामा पानीको बहाव मात्रै बढेको छैन् उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस