• २०८३ जेष्ठ १८ गते सोमवार

चुरे छोए देशमा आगो बल्छ : सांसद

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र अर्थमन्त्रीलाई चुरे क्षेत्रको दोहनको बाटो नखोल्न चेतावनी दिएका छन् । बिहीबार प्रतिनीधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले चुरे छोएमा देशमा आगो बल्ने चेतावनी समेत दिए ।

‘माफ गर्नुस अर्थमन्त्रीजी नीति तथा कार्यक्रममा पनि आएको छ ,प्रधानमन्त्रीको भाषणमा पनि आएको छ ,तपाईको बजेटमा पनि आएको छ चुरे नछुनु होला । चुरे छुनु भयो भने देशमा आगो बल्छ । प्रकृतिक श्रोत साधनलाई बेचेर देश कहिले पनि धनि हँुदैन् । चुरे बेचेर मुलुकको खर्च टार्न सकिँदैन् ।’ उनले भने ।

आफ्नो क्षेत्रमा मात्रै बजेट हालेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई वैशं चढेको टिप्पणी गरे ।‘बजेटमा ग्वाम्ब हात हालेको छ नुवाकोटमा लगेर घोप्टाएको छ। अर्कोले बजेटमा हात हालेको छ गार्खामा घोप्टाएको छ । अर्को फेरी तिमीहरु मात्र घोप्टाउने भन्दै मादलबजाएर बसेका छन् डडेलधुराको बुढा । त्यहाँ पनि लगेर घोप्टाएको छ । अरुलाई के त ?’ उनले भने ।

प्रधानमन्त्री र अर्थमन्त्रीप्रति चर्को आक्रोश पोखेका नेता पन्तले देशलाई गलत बाटोमा लैजाने खेल भएको आरोप लगाए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई लर्के जोवान आएको छ । चौतारीमा बसेर गीत गाउनुस मायालु भनेर । तर जनता र अरु निर्वाचन क्षेत्रको लागि सत्ता पक्षले सर्मथन गर्न सक्दैन् ।’

उनले भने ‘देशको प्रधानमन्त्री निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुँदैन् । बजेट खानायर मात्र चुनाव जितीने भए चितवन छोडर गोर्खा किन जानु प¥र्यो । देशको नेतृत्व गर्न सक्ने नेता खोजेका छन् जनताले । गन्तव्यहिन बजेटले देशलाई कहाँ पु¥याउला ।’

Sharing

प्रतिक्रिया दिनुहोस