• २०८३ बैशाख ७ गते सोमवार

“समता र सशक्तीकरणः सेवामा सवलीकरण” नाराकासाथ दोस्रो राष्ट्रिय महिला भेला हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं ।  “समता र सशक्तीकरणः सेवामा सवलीकरण” भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय महिला भेलाको आयोजना हुने भएको छ । नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा हुन गएको राष्ट्रिय महिला भेलाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराइएको हो ।

उक्त भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, ट्रेड युनियन अन्तर्राष्ट्रिय सार्वजनिक सेवा सहयोगी, श्रीलंका, बंगलादेश, भारत लगायतका विदेशी पाहुनाहरुको उपस्थिति रहने छ । उक्त कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनीतिक नेतृत्वमा महिलाको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहितको विविध पक्षहरुमा छलफल, बहस पनि गरिने जानकारी गराईएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले संगठनले आयोजना गर्न लागेको २७ र २८ को भेलालाई सम्पन्न गराउन सबैले साथ र सहयोगको अपील गरेका छन् । उनले ट्रेड युनियन सधैँ सत्ताको विपक्षमा रहने संस्था भएको भन्दै यसले राम्रो काम गर्नेलाई सहयोग र समर्थन गर्ने र काम नगर्नेलाई खबरदारी गर्ने बताए ।उनले भने, ट्रेड युनियन भनेको सत्ताको विपक्षमा हुन्छ, राम्रो काम ग¥र्यो भने सहयोग र समर्थन गर्ने आफूलाई मन पर्ने नेता प्रधानमन्त्री, मन्त्री हुन सक्छ राम्रो ग¥र्यो भने राम्रो गर्ने, राम्रो गरेन भने ठेगान लगाउने, २७ र २८ को भेलालाई सम्पन्न गराउन सबैले साथ र सहयोग गर्नु होला । यस्तै भेलामा संगठनका ७७ जिल्ला कार्य समिति, ३८ विभागीय कार्य समिति, ७ प्रदेश र उपत्यका प्रदेश गरी ८ प्रदेश कार्य समितिका उपाध्यक्ष, महिला केन्द्रीय प्रतिनिधि र एक महिला सदस्यको प्रतिनिधित्व रहने पनि कोईरालाले जानकारी गराए ।

यसैगरि, भेलामा केन्द्रीय परिषद्मा रहेका महिला सदस्यहरु ३२ जना, केन्द्रीय कार्य समिति ५ जना पदाधिकारी ५८ जना महिला सदस्य, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सहित करिव ७ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थित रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस