• २०८३ बैशाख ४ गते शुक्रवार

संघीय निजामती ऐन ल्याउन सरकारसंग सांसद बैरागीको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं ।  नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले निजामती सेवालाई स्वच्छ र पारदर्शी बनाउन संघीय निजामती ऐन ल्याउन सरकारसंग आग्रह गरेका छन् । विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले संघीय निजामती ऐन तत्काल ल्याउनु पर्ने माग गरे ।

उनले भने ‘निजामती सेवालाई स्वच्छ, निष्पक्ष ,सक्षम ,पारदर्शी र जनउत्तरदायी एवं सहभागीमूलक बनाउन क्षतिपूर्तिसहितको नागरिक सेवा प्रदान गर्न संघीय निजामती ऐन ल्याउन जरुरी छ । तुरुन्त ल्याईयोस । समायोजनको तर्फबाट प्रदेश र स्थानीय तहबाट कार्यरत कर्मचारीहरुलाई मार्गदर्शन हुने गरि यसै अधिवेशनमा संघीय निजामती ऐन ल्याउन सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद वैरागीले ऐन ल्याउँदा निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियन र सम्बन्धित संगठनहरुले दिएका महत्वपूर्ण सुझावहरुलाई ध्यान दिनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस