जेठ २५, खाँदबारी । संखुवासभाको एक मात्र बाल कल्याण गृह मकालु त्रिशक्ति बाल कल्याण गृह व्यवस्थापन समितिको संयोजकमा ध्रुव खड्कालाई जिम्मेवारी दिईएको छ । खाँदबारी ७ मा सञ्चालन भई रहेको बाल कल्यण गृहका लागि खड्कालाई संयोजकको जिम्मेवारी तोकिएको हो । 
मकालु त्रिशक्ति समुह (माट्स नेपाल)द्वारा सञ्चालित बाल कल्याण गृहका सञ्चालनका लागि वहाँलाई जिम्मेवारी ताकिएको जनाईएको छ । शुक्रबार बसेको समुहको कार्यसमिति बैठकले वहाँलाई जिम्मेवारी तोकिएको कार्यालय सचिव सुजन अधिकारीले जानकारी दिनुभयो ।
संयोजक खड्काले आफ्नो कार्यकालमा वालगृहको आफ्नै भवन बनाउने बताउदै जग्गा प्राप्त भईसकेकाले नक्सा छिटै आउने बताए । साथै उनले बालगृहमा १० महिला र १० पुरुष रहने गरि छुट्टाछुट्टै कम्पाउण्ड सहितकको भवन बनाउने बताए ।