वैशाख २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनले दिएको रिटमा दुबै पक्षलाई बोलाएको छ।
उनले स्वास्थ्य मन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको अडियो सार्वजनिक भएको थियो। उक्त फोनसंवाद बाहिरिएपछि रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। श्रेष्ठले त्यसविरूद्ध रिट दिएका थिए।
यता रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन् ।