• २०८३ बैशाख १९ गते शनिवार

सांसद अमरेशकुमार सिंह संसद्‍मै अर्धनग्न बनेपछि…

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् ।

यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाए ।

सांसद सिंहले लुगा फुकालेपछि एमालेका सांसदहरुले विरोध जनाए ।

Sharing

प्रतिक्रिया दिनुहोस