• २०८३ असार ६ गते शनिवार

स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, वीरगंज । स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।

वीरगंज भन्सारको मुख्यद्वारमा नियमित चेकजाँच गरिरहेको अवस्थामा रक्सौलबाट वीरगंज प्रवेश गर्नेक्रममा बिआर०५ एटि ५९६७ र बिआर०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुबै जनाले हेल्मेटमा लुकाएर ल्याउनेक्रममा प्रहरीको सो रकम फेला पारेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस