• २०८३ बैशाख २९ गते मङ्गलवार

वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा छ : मन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, सर्लाही। उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । ‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि बलियो वातावरण सिर्जना भएको बताए ।

मन्त्री श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना ठाउँमा भए पनि सबै राजनीतिक पार्टीहरू राष्ट्रिय एकता, शान्ति प्रक्रियाको काम पूरा गर्ने पक्षमा रहेको बताए । वर्तमान सरकार आम नेपाली जनताले महसुस गर्ने गरी सामाजिक न्यायसहितको समृद्धि सिर्जना गर्न चाहेको उल्लेख गर्दै उनले भने, “नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारीसहितको समृद्धि दिन ढिलो गर्न हुँदैन ।”

Sharing

प्रतिक्रिया दिनुहोस