• २०८३ बैशाख १९ गते शनिवार

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : अध्यक्ष ओली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, बाग्लुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङकाे सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ ।

उनले पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नु पर्ने आवश्यक रहेको बताए । नेकपा एमाले भ्रष्टाचारी र अनियमितताको विरुद्धमा रहेको भन्दै देशमा सुशासन र विकास एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।

उनले भने, ‘यो देशमा विकासको खाका तयार गर्ने पार्टी एमाले हो, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले एमाले जहाँ–जहाँ पगेकाे छ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो’ ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।’

Sharing

प्रतिक्रिया दिनुहोस