• २०८३ बैशाख २५ गते शुक्रवार

अमेरिका पठाइदिने भन्दै ६४ लाख ठगी गरेको आरोपमा एक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वरमा बस्दै आएका  कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

उनलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । रमेशले गणेश अधिकारी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ पैतालीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस