जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी निर्देशन जारी गरेको छ । जसमा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको बैठकले अन्तर पार्टी निर्देशन जारी गर्दै जिम्मेवारी हेरफेर गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशनमा उपाध्यक्षहरूलाई पार्टीका ३३ विभागको समन्वयको जिम्मेवारी दिइएको छ भने ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।