• २०८३ बैशाख ३० गते बुधवार

कहिले लडेँ, कहिले मौन बसेँ, अब त अति भो : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताए ।

उनले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसँग निकाल्दै अब सहन नसकिने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन : “कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !”

Sharing

प्रतिक्रिया दिनुहोस