• २०८३ बैशाख १८ गते शुक्रवार

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईका केही भू–भागमा हुस्सु/कुहिरो 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, काठमाडौं । देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस