कात्तिक २०, काठमाडौं । कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ।

त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए।
सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी
गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ। एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन्। सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन्।
उसले आफूहरू गठनन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ। यद्यपी सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ।