असोज १९, जनकपुर । पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास गल्ती स्वीकार गरेर रिहा भएका हुन् ।
उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
