• २०८३ जेष्ठ २४ गते आइतवार

सरकारले उपत्यकाको विकासलाई वेवास्ता गरेको सांसद श्रेष्ठको गुनासो (भिडियाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले, सरकारले ल्याएको बजेटले उपत्यकाको विकासलाई वेवास्ता गरेको गुनासो गरेका छन् । मंगलवार प्रनिनिधिसभामा उनले आर्थिक वर्ष २०८०÷०८१ को लागि सरकारले ल्याएको बजेटले काठमाडौं उपत्यकाको विकासलाई उपेक्षा गरेको महशुस भएको बताए ।

उनले भने,‘उपत्यका जसले यो देशको आर्थिक भारदेखि लिएर जनसांख्यिक भार सबै बोकेको छ, बजेटमा यसलाई अपहेलना गरे जस्तो किन लागेको छ भने, यसले व्यवस्थापनको सिद्धान्तलाई बिर्सेको छ । फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, वातावरण संरक्षण, नदीहरु सफाई र व्यवस्थापन, खुल्ला ठाउँ र सडकहरुको व्यवस्थापन, मूर्त अमूर्त सम्पदा संरक्षणको लागि के छ व्यवस्था ?’

उनले सरकारले उपत्यकाको मूर्त अमूर्त साँस्कृतिक सम्पदालाई एकदमै हलुका रुपमा लिएको आरोप लगाए ।बजेटले अर्थतन्त्रको समग्र पक्षमा देखिएको समस्यालाई पहिचान गरेको, मागमा आएको आर्थिक मन्दीलाई ध्यानमा राखि करको दरमा धेरै हेरफेर नगरेको, सरकारी खर्चमा मितव्ययीता कायम गर्न ल्याएको विविध योजना सकरात्मक रहेको उनले बताए ।कूल पूजिँगत खर्चको एक प्रतिशत रकम नवप्रर्वतन र आविस्कारको लागि छुट्टयाउनेलगायतका घोषणा बजेटको सवल पक्ष रहेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस