जेठ २३, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा तीनवटै अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग लिखित जवाफ मागेको हो।
टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएसंगै प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमतीले हालेको रिटमा सुनुवाई गर्दै अदालतले रिटलाई अग्राधिकार समेत दिएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदा बोहरा कडायतले गत आइतबार सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।
सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका चौधरीले आममाफी पाइसकेका छन्।

