• २०८३ जेष्ठ ६ गते बुधवार

मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलवार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

उक्त नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ । यसको साथै, प्रदेश सरकारको स्थापना पश्चात पाँचवटा नीति तथा र्कािक्रम प्रस्तुत भइसकेको सन्दर्भमा विगतका नीति तथा कार्यक्रमहरुको समीक्षा गर्दै आगामी वर्षभित्र कार्यान्वयन गर्न सकिने र ठोस नतिजा प्राप्त हुने कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयनमा जोड दिइएको मिश्रले बताए ।

नीति तथा कार्यक्रममा चालु खर्चलाई पुँजीगत खर्चसँग आवद्ध गरी गैर बजेटरी खर्च न्यूनीकरणगरिनुको साथै अवण्डा रकम कानूनले अनिवार्य गरेको बाहेक राख्न नपाइनेव्यवस्था पनि गरिएको छ ।

मधेस प्रदेशको नीति तथा कार्यक्रमPardesh-Niti-Final (1)

Sharing

प्रतिक्रिया दिनुहोस