• २०८३ बैशाख २३ गते बुधवार

दिदीबहिनीलाई बलात्कार गरेको अभियोगमा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, दाङ । राप्ती गाउँपालिका-३ मसुरिया बस्ने १४ वर्षीया र उनकी बहिनी १२ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय सोहोल भन्ने सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका-११ मैतहवा घर भई हाल गढवा-६ बस्ने ३० वर्षीय जादेव भन्ने जादिब अलि नाउ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमका अनुसार यही जेठ १४ गते राती उनीहरूले जबर्जस्ती करणी गर्ने प्रयास गरेको भनी जेठ १८ गते प्रहरीमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरू माथि दाङ जिल्ला अदालत मार्फत जबर्जस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस