माघ २३, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफयामा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आइतबार विहान ११ वजे हिल्दुम खोला विद्युत वितरण केन्द्रद्धारा वितरित लाइनको तार सर्ट भई आगलागि हुँदा सोही ठाउँका दिपक सिंह र काले सिंहका घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने अन्य दुई घर आंसिक रुपमा क्षती भएको स्थानीय मन्दिर सिंहले बताए ।

घरमा आगलागि भए लगतै डाँडाफयाका स्थानीयले करीव तीन घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको र आगो नियन्त्रण भएकाे केही समयपछि मात्रै धारापोरी प्रहरीचौकीको टोलि पुगेर प्रहरी मुचुल्का बताएको उनले जानकारी दिए । आइतबार भएको आगलागिबाट ८२ लाख ९५ हजार ३ सय ५० रुपैयाँ बराबर धनमालको क्षेती भएको प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले बताइन्
दिपक सिंहको २९ लाख ४२ हजार १ सय, काले सिंहको २४ लाख ८३ हजार, छक्क सिंहको १६ लाख ८४ हजार ५ सय र शक्ति सिंहको ११ लाख ८५ हजार ७ सय ५० रुपैयाँ धनमालको क्षती भएको स्थानियकाे भनाइ छ ।
उक्त घरमा आगलागि भएपछि आइतबार नै सिमकोट गाउँपालिकाले राहत स्वरुप पाल, कम्मल, भाडा र खाद्यान्नको तयारी गरिरहेको गाउँपालिका कार्यबाहक अध्यक्ष नन्द रावतले जानकारी दिए ।