• २०८३ बैशाख २० गते आइतवार

गृहमन्त्री लामिछानेको नागरिकता विवादः सर्वोच्चको आदेश (पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए ।

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । बिहीबार अन्तरिम आदेश दिने या नदिने विषयमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले लामिछानेको पद यथावत रहने आदेश दिएको हो ।

सर्वोच्च अदालतले जारी गरेको आदेश-

sharethis sharing button

Sharing

प्रतिक्रिया दिनुहोस