• २०८२ असार २४ गते मङ्गलवार

आजको मौसम : तराईका धेरै भू–भागमा हुस्सु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु लागिरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ । यो क्रम रातीसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस