• २०८३ जेष्ठ ७ गते बिहिवार

एनसेलको सेयर खरिद बिक्रीविरुद्ध अनेरास्ववियुकाे प्रदर्शन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध एनसेल कार्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन्।

 

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा आजदेखि प्रदर्शन सुरु गरिएको अनेरास्ववियुकाअध्यक्ष समिक बडालले बताए। उनका अनुसार बुधबार पनि विरोध प्रदर्शनको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

नो ट्याक्स,नो सिम रिजेक्ट एनसेल,कर छलि गर्नेलाई कारबाही गर,पुँजीगत लाभरक छल्न पाइदैन,आय व्यय सार्वजनिक गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद,विवादास्पद एनसेल सेयर विक्रीको छानबिन गरजस्ता नारा लेखिएका प्लेकार्डहरू लिएर विरोधमा उत्रिएका थिए। यस प्रकरणमा सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ।

May be an illustration of text

Sharing

प्रतिक्रिया दिनुहोस