मंसिर १९, उदयपुर । आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार साँझदेखि श्याम कुमार राई हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएकाे हाे । उनलाई प्रहरीले घरबाट पक्राउ गरेको हो ।
हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।