कात्तिक १९, बागलुङ । लागूऔषध (गाँजा) कसुर मुद्दाकी एक फरार महिला प्रतिवादी १६ महिनापछि पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय बागलुङले फरार ढोरपाटन नगरपालिका-१ बस्ने ४२ वर्षीया मिना थापालाई आइतबार प्रक्राउ गरिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीको टोलीले थापालाई बुर्तिबाङ बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए। पक्राउ परेकी मगरलाई लगत कट्टाका लागि आइतबार बागलुङ जिल्ला अदालतमा पठाइएको डीएसपी केसीले जानकारी दिए।
थापालाई बागलुङ जिल्ला अदालतले २०७९ साल असार १७ गते लागूऔषध (गाँजा) कसुर मुद्दामा १ वर्ष ३ महिना २४ दिन कैद र ५ हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
