• २०८३ बैशाख ४ गते शुक्रवार

गण्डकी सरकारले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरूलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार राती भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधीसहित विशेषज्ञ चिकित्सकको टोली पठाएको बताए । मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भूकम्प पीडितको उद्धार र उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस