• २०८३ बैशाख १६ गते बुधवार

आइसीसी टि-२० : नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।

त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।

नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस