• २०८३ मङ्सिर १० गते बुधवार

देशको लुटिएको अस्मिताप्रति प्रधानमन्त्रीले जवाफ दिनै पर्छ : सांसद वैरागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं ।  नेकपा एमालेका सांसद दामोदर वैरागीले नेपालको भूमि राखिएको नक्सामुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाएको विषयप्रति आपत्ति जनाएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कपिलवस्तु र लुम्बिनी भारतको हो, भनेर टाँसिएको नक्सामुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने बताए ।

उनले भने, हाम्रो भूमि कपिलवस्तु र लुम्बिनी भारतको हो, भनेर टाँसिएको नक्सामुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाउनु भएको छ । त्यसको जवाफ दिनु प¥र्यो प्रधानमन्त्रीले हाम्रो देशको अस्मिता लुटिएको छ । ’

सांसद वैरागीले प्रधानमन्त्री दाहालले सदनलाई ढाँटेको भन्दै नागरिकता दिने नाममा नागरिकता दिने पक्षधरलाई नागरिकता नदिने पक्षधर बनाउन खोजिएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस