• २०८३ कार्तिक १२ गते बुधवार

नेपाल सुपर लिग : झापा र काठमाडौंबीचको खेल गोलरहित बराबर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको झापा र काठमाडौंबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।

यससँगै दुवै टोलीले अंक बाडेका छन् । प्रतियोगितामा झापाले आफ्नो तेस्रो खेलसम्म आइसक्दा पनि पहिलो जित दर्ता गर्न सकेको छैन । काठमाडौंले भने दोस्रो जित हासिल गर्न असफल रह्याे ।

यससँगै झापाले ३ खेलबाट २ अंक जोडेको छ । काठमाडौंले भने २ खेलबाट ५ अंक जोडेको छ। मंगलबार हुने खेलमा वीरगन्ज युनाइटेड र ललितपुर सिटी फुटबल क्लब आमने सामने हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस