• २०८३ जेष्ठ २८ गते बिहिवार

आजको मौसम : वर्षा तथा तीनवटा प्रदेशमा हिमपात हुने सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार  नेपाली आकाशमा हाल भारत उत्तर प्रदेशको आकाशमा विकसित न्यून चापीय प्रणाली र पश्‍चिमी वायुको आंशिक प्रभाव छ। आज दुईवटा प्रदेशमा हल्का वर्षा तथा तीनवटा प्रदेशमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्‍चिमलगायत पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्‍चिम र कोशीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

आज राति कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगकै १-२ स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

Sharing

प्रतिक्रिया दिनुहोस