कात्तिक १८, काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालको मार्फतबाट भनेका छन : ‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु ।’
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
