• २०८३ बैशाख ४ गते शुक्रवार

भुकम्प अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, जाजरकोट । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै २१ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।

Sharing

प्रतिक्रिया दिनुहोस