पौष २०, काठमाडौँ । अवैधानिक रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गृह मन्त्रालयले निर्देशन दिएको छ । आज परिपत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएका हुन् ।

प्रचलित कानुन विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न सबै प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् । कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो ।