• २०८३ जेष्ठ १८ गते सोमवार

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका ५ जना नाइकेहरू पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भई ललितपुर बस्ने २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी गाउँपालिका-६ घर भई काठमाडौं कालोपुल बस्ने ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट गाउँपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

May be an image of 5 people, ticket stub, blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस