• २०८३ असोज १७ गते शनिवार

अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने व्याक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, मोरङ। मोरङको धनपालथान गाउँपालिका- ४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार अपरान्ह साढे ४ बजे सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरीने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय सुनिल कुमार राजवंशीलाई पक्राउ गरेकाे हाे ।

राजवंशीले संचालन गर्दै आएको केशव किराना पसलबाट Ready made Tobacco लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेसगै संचालक राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस