• २०८३ जेष्ठ ६ गते बुधवार

गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरियो : ओली 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्नपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ‌ओलीले भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले प्रतिपक्षलाई तर्साउन खोजेको बताए ।

उनले भने, ‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो । त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्‍यो है । कस्तो गाह्रो पर्‍यो बन्द गर्न । मुद्दा बुझाउन नसक्ने । कसरी उम्काउने ? कसरी ढाकछोप गर्ने ? सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला । रुमालले पुगेर गम्छा लिएर पुछ्नुपरेको थियो त्यसिबेला पसिना ।’

ओलीले सुन काण्डले पनि सरकारलाई हैरान पारेको टिप्पणी गरे । सुन प्रकरणमा सरकारको आफ्नो मान्छे राख्नका लागि आयोगमा चारजना राखेको उनको जिकिर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस