• २०८३ बैशाख १३ गते आइतवार

सुन तस्करीमा मेरो संलग्नता छैन, त्यो मेरो नम्बर होइन – महरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् ।चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन ।

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

Sharing

प्रतिक्रिया दिनुहोस