• २०८३ बैशाख १८ गते शुक्रवार

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

यस्तै मंगलबार पक्राउ परेका पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने चार दिनको म्याद दिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस